Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रविरुद्धको आन्दोलनमा प्रहरीको हस्तक्षेप, कानुन व्यवसायीहरुको माइक खोसियो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका बेला प्रहरीले हस्तक्षेप गरेको छ ।

कानुन व्यवसायीहरुले बोल्ने क्रममा प्रहरीले माइक खोसेपछि उनीहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको शैह्य नहुने बताएका छन्।

आन्दोलनका क्रममा सर्वोच्चको गेटबाट चार जना कानुन व्यवसायीहरु समेत पक्राउ परेका छन् । आन्दोलनरत कानुन व्यवसायीलाई प्रहरीले सर्वाेच्च प्रवेशमा रोक्ने प्रयास गरेपछि उनीहरु थप आकोषित भएका छन्।

उनीहरुले आन्दोलनलाई थप सशक्त पार्ने बताएका छन् । मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

आफ्नो माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बारक महासचिव लिलामणि पौडेलले बताएका छन्।

यसअघि कानुन व्यवसायीहरुले शुक्रबार  र आइतबार प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाएका थिए। तर, कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमै धर्ना दिन थालेपछि प्रधानन्यायाधीश जबरा चोरबाटोको प्रयोग गरेर सर्वोच्च छिरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077