Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चोलेन्द्रले आफ्नो पक्षमा प्रदर्शन गर्न भाइ प्रभुमार्फत् सहभागीलाई पैसा बाँडेको खुलासा !

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलरत नेपाल बार एशोसिएशनको विपक्ष र आफ्नो पक्षमा प्रदर्शन गर्नका लागि भाइ प्रभु शमशेरमार्फत पैसा तिर्ने गरेको खुलासा भएको छ।

गत कार्तिक १४ गतेदेखि जबराको विपक्षमा सर्वोच्च अदालतका १९ जना कानुन व्यवसायीहरु र बारमा आवद्द अन्य न्यायाधीशहरुले प्रदर्शन गरेपछि उनले आफ्नो पक्षमा प्रदर्शन गर्नकै लागि सहभागीहरुलाई पैसा दिने गरेको खुलासा भएको हो।

स्वतन्त्र न्यायपालिका भन्दै दैनिक रुपमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने उनीहरुले बिचौलियामार्फत प्रतिव्यक्ति ४ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म लिएको खुलेको हो।

सोमबार दिउँसो पनि विचौलियाहरुले प्रदर्शनकारीहरुलाई दिनकै लागि नजिकैको पसलबाट खुद्रा पैसा साट्दै गरेका थिए। स्रोतका अनुसार विचौलियाहरुले सहभागीलाई ४ सयदेखि १ हजार रुपैयाँसम्म वितरण गरेका हुन् ।

तर, सहभागी एक व्यक्तिका अनुसार उनीहरुले पहिला आफू सहभागी भएको नाम लेखाउनु पर्छ अनि मात्रै प्रति व्यक्तिका दरले पैसा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077