Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेलद्वारा २८ करोडको जग्गालाई ५ करोड मूल्यांकन गराएर ठगी

काठमाडौं । राज्यलाई अरबौं राजश्व ठगी गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सम्पत्ति करमा समेत ठगी गरेको खुलेको छ ।

सरकारलाई अरबौं कर बुझाउन आनाकानी गर्दै आएको एनसेलले यसअघि सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा एप्स चलाएर अरबौं ठगी गरेको रहस्य खुलेको थियो ।

एनसेलले दुई वटा एप्स चलाउँदा एक अर्ब भन्दा बढी ठगी गरेको पाइएपछि नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही स्वरुप १ अर्ब ११ करोड रुपैयाँ सर्वसाधारणलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।

यसरी एकपछि अर्को ठगी गर्दै आएको एनसेलले पछिल्लो समय सम्पत्ति कर छलेको भेटिएको हो । एनसेलको ललितपुर महानगरपालिका– ४ मा रहेको १० रोपनी चार आना जग्गा तथा त्यसैभित्र २३ हजार ८८ वर्गफिट क्षेत्रफलको रहेका दुई वटा घरको मूल्यांकन कम गराएर एनसेलले कर छलेको हो ।

उक्त जग्गासहितको घरको सरकारी मूल्याङकन २७ करोड ९५ लाख रुपैयाँ हुन आउँछ । तर, जम्मा ५ करोड ६० लाख मूल्याङकन गराएर सम्पत्ति कर छली गरेको हो ।

[insert page='88601' display='yopanipadhnuhos.php']

मूल्यांकन कम गराएर ५६ लाख चार हजार रुपैयाँ कर छली गर्दा समेत सरकारी निकाय अझै मौन छ । सम्पत्तिको हरेक वर्ष स्थानीय तहलाई कर बुझाउनुपर्ने हुन्छ । तर, एनसेलले केही वर्षयता यस्तो करमा राज्यलाई ठग्दै आएको छ ।

महानगरका केही कर्मचारीलाई प्रभावमा पारेर एनसेलले कल छली गर्दै आएको हो । सम्पत्ति कर छलेको विषयमा विभिन्न निकायबाट छानबिन भइरहेको छ ।

एप्स र डाटा प्याकको बहानामा एनसेलले ग्राहकलाई ठगी गरेको अरबौं रुपैयाँ पनि फिर्ता गरेको छैन । डाटा प्याक लिएका ग्राहकलाई ब्यालेन्स सकिँदा पनि बिना माग पैसा सापटी दिएर उसले ठगी गरेको यसअघि नै खुलिसकेको छ ।

यो विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले समेत सो पैसा फिर्ता गर्न भनेको थियो । तर, उसले अझै ठगी गरेको रकम फिर्ता गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077