Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चमा बारको धर्ना आज पनि, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले आज (बुधबार) पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।

यद्यपि बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । सर्वोच्चका अनुसार बुधबारको १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ ।

यता , प्रधानन्यायाधीश जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत बारले उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ ।

गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारले शुक्रबारदेखि नै प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै धर्ना दिँदै आएको छ।  तर उनी प्रत्येक दिन चोरबाटो हुँदै कार्यकक्ष प्रवेश गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077