Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चमा बारको धर्ना आज पनि, प्रधानन्यायाधीशले घरबाटै तोके नौ इजलासमा २५९ मुद्दाको पेसी

काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनको प्रदर्शनका बीच आज (बिहीबार) पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नौ इजलास गठन गरेका छन् ।

सर्वोच्चमा न्यायिक विचलन भएको भन्दै बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन्।

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत बारले उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ । बारको प्रदर्शन आज पनि जारी रहेको छ।

गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारले शुक्रबारदेखि नै प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै धर्ना दिँदै आएको छ।  तर उनी प्रत्येक दिन चोरबाटो हुँदै कार्यकक्ष प्रवेश गर्ने गरेका छन्।

यस्तै आन्दोलनरत बारले आगामी मङ्सिर ३ गते (शुक्रबार) भित्र जबरालाई राजिनामा दिन अल्टिमेटम समेत दिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र जबराले राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077