Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • को हुन् ती जसले चोलेन्द्रविरुद्ध आन्दोलन गर्ने वकिलहरुलाई पिट्ने धम्की दिए ?

    को हुन् ती जसले चोलेन्द्रविरुद्ध आन्दोलन गर्ने वकिलहरुलाई पिट्ने धम्की दिए ?

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । नेपाल बार एसोसियसनको परिसरभित्र केही अपरिचित व्यक्तिहरु प्रवेश गरेर आन्दोलनरत न्यायाधीशहरुलाई अश्लील शब्दको प्रयोग गर्दै पिट्ने धम्की दिएका छन् ।

    सामाजिक सञ्जालहरुमा भाइरल बनेको सो भिडियोमा पहेंलो टी–सर्ट लगाएका एक व्यक्ति अश्लील शब्द प्रयोग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई गाली गर्दै थिए। त्यही बेला नीलो सर्ट र कालो छालाको ज्याकेट लगाएका अरु दुई जना पनि कानून व्यवसायीहरुविरुद्ध बोल्न थाले ।



    बार परिसरभित्र छिरेका उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान भन्दै धम्की दिएका थिए ।



    उनीहरु मध्धे एकले त आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।

    अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि उनीहरु बाहिरिएका थिए ।

    अपशब्द बोल्दै वकिलहरुलाई थर्काउने र धम्की दिने उनीहरु को हुन् एकीन भइसकेको छैन तर कानून व्यवसायीहरु भने आफूहरुविरुद्ध परिचालित ‘भिजिलान्ते’ भएको दाबी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार