Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिरहाबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

रामनारायण यादव/ सिरहा । प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नरहा गाउँपालिका वडा नम्वर ३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित २१ वर्षीय इन्दल यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख (इन्सपेक्टर) सन्तोष कुमार राइले बताए ।

ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077