Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जबरजस्ती करणी मुद्दाका फरार यादव पक्राउ

सर्लाही । सर्लाही प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ब्रहमपुरी गाउँपालिका वडा नम्वर ७ नोकैल्वा का ३८ वर्षीय श्यामसुन्दर यादव (नाम परिर्वतित) रहेका छन् । यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकीले यादवलाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।

यादव २०७८ मा एक महिलालाई जवरजस्ती करणी प्रयास गरी फरार रहेका थिए। यादवलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077