Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्याम्पियन्स लिग : कठिन मोडमा बार्सिलोना

एजेन्सी । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरिसकेको छ। मंगलबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई २–१ गोलले पराजित गर्दै समूह इ को विजेता भएको छ।

लेवान्डोवस्कीले १४औं मिनेटमा ओभरहेड किकमार्फत अग्रता दिलाएको टोलीका लागि मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा किङस्ले कोम्यानले अर्को गोल थप्दै बायर्नको जित पक्का गरेका थिए।

समय सकिन २० मिनेट बाँकी रहँदा डेनिस हार्मसले घरेलु टोलीका लागि एक गोल फर्काए पनि त्यो अंक बाड्न पर्याप्त भएन। एक अंकका साथ पुछारमा सीमित किभ यो हारपछि प्रतियोगिताबाट एक खेल अगाडि नै औपचारिक रुपमा बाहिरिएको छ।

समूहको अर्को खेलमा बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाले नकआउट चरण पुग्ने मौका खेर फालेको छ। स्पेनिस महारथीले अब अन्तिम १६ यात्राका लागि अन्तिम खेलमा बायर्न म्युनिखमाथि जित हासिल गर्नुपर्नेछ।

घरेलु क्याम्प नोउको मैदानमा जाभीको बार्सिलोनाले बल पोसेसनमा अधिकांस समय नियन्त्रण राखे पनि विजयी गोल भने निकाल्न सकेन।

बराबरीपछि पाँच खेलको समाप्तीमा सात अंकसहित बार्सिलोना समूहको दोस्रो स्थानमा छ। बेन्फिका पाँच अंकसहित तेस्रो स्थानमा छ।

समूह चरणको अन्तिम खेलमा दुई सातापछि बार्सिलोनाले बायर्नको भ्रमण गर्दा बेन्फिकाले डिनामो किभको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077