Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका ११ टोलीहरु

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणका खेलहरु जारी छ। समूह चरणका केही खेलहरु बाँकी रहँदा नै केही टोलीले भने अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

हालसम्म च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने ११ टोलीको टुंगो लागिसकेको छ। समूह एबाट म्यानचेस्टर सिटीले विजेताका रुपमा र पिएसजीले उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएको छ।

समूह बीबाट लिभरपुल र सीबाट आज्याक्सले समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएका छन्। समूह सीको उपविजेताका रुपमा स्पोर्टिङ क्लब सिपीले अन्तिम १६ मा स्थान बनाएको छ।

समूह इबाट बायर्न म्युनिख र एफबाट म्यानचेस्टर युनाइटेडले विजेताका रुपमा नकआउट चरणमा ठाउँ पक्का गरेका छन्।

समूह डीबाट रियल मड्रिड र इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्दा समूह एचबाट चेल्सी र युभेन्टसले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077