Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बन्दसत्रमा ओलीको भावनात्मक मन्तव्य : मेरो जिन्दगीको भर छैन

    बन्दसत्रमा ओलीको भावनात्मक मन्तव्य : मेरो जिन्दगीको भर छैन

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनको बन्दसत्रमा भावनात्मक मन्तव्य दिएका छन् ।

    चितवनमा जारी महाधिवशेनको बन्दसत्रलाई अहिले सम्बोधन गर्दै ओलीले आफ्नो जिन्दगीको भर नभएको भन्दै पार्टी नेता र कार्यकर्ताको पंक्ति देख्दा आफूलाई ढुक्क लागेको बताए ।



    उनले भने–‘मलाई ढुक्क लागेको छ । अस्ति एक ठाउँमा पनि भनेको थिए, म कति बाँच्छु थाहा छैन । म धेरै पल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ भन्न सकिन्न कति बाँचिन्छ । मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन, त्यसमा पनि मेरो जिन्दगी त धेरैपल्ट मरेर बाँचेर आएको जिन्दगी त्यति साह्रो भर नहुन सक्छ ।’



    एमालेका कार्यकर्ता र नेताहरूको नयाँ पुस्तामा लोकतन्त्र सुरक्षित रहेको भन्दै उनले भने–‘मलाई आज ढु्क्क लागेको छ, आराम लागेको छ, आरामले खाना रुच्छ, मिठो निन्द्रा लाग्छ किनभने म तपाईँहरूलाई अगाडि देख्छु । जब म तपाईँहरूलाई अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार