Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोनाले भिल्लारियललाई हरायो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ। शनिबार राति भएको खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएको हो।

खेलका ४ वटै गोल दोस्रो हाफमा सम्भव भएका थिए। बार्सिलोनाका लागि ४८ औँ मिनेटमा फ्र्याङ्की डी जोङले पहिलो गोल गरे। खेलमा ७६ औँ मिनेटमा सामुएल चुक्वाएजेले गोल गर्दै भिल्लारियललाई खेलमा फर्काए।

खेलको ८८ औँ मिनेटमा मेम्फिस डिपे र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाको जित पक्का भयो।

जितपछि बार्सिलोनाको १४ खेलबाट २३ अंक भएको छ। हाल बार्सिलोना अंक तालिकाको सातौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077