Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • केन्द्रीय सदस्य पद त्याग्दै पण्डितले भने–सांसद बन्न दिएनन् भने पनि छाडिदिन्छु

    केन्द्रीय सदस्य पद त्याग्दै पण्डितले भने–सांसद बन्न दिएनन् भने पनि छाडिदिन्छु

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.1K
    SHARES

    चितवन । पूर्व मन्त्रीसमेत रहेका नेकपा एमालेका नेता लालबाबु पण्डितले केपी शर्मा ओलीले सिफारिस गरेको केन्द्रीय सदस्य पद अस्वीकार गर्दै अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् ।

    पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि उनले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।



    ओलीको सिफारिसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका हुन् । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।



    सोमबार सामाजिक सन्जालमा पूर्वमन्त्री पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

    प्रतिनिधिसमा सदस्य समेत रहेका नेता पण्डितले भनेका छन्–‘मैले केन्द्रीय सदस्य पद त्यागिदिएँ । अब संगठित सदस्य भएर बस्छु । सांसद पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’

    ‘केन्द्रीय सदस्यमा उठ्दिन भनेकै थिएँ । अब पदाधिकारीमा बागी उठ्दिन । अब म पार्टीको कार्यकारी भूमिकामा नरहेर संगठित सदस्य भएर काम गर्छु’ उनले भने ।

    मोरङमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार