Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एमाले महाधिवेशन र भीम रावललाई लिएर माधव नेपालको कडा टिप्पणाी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा विद्रोह आवश्यक थियो भन्नृ तथ्य चितवनबाट पुष्टि भएको बताएका छन्।

राष्ट्रिय जनसांस्कृति महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूहरु विद्रोह उचित भएको बताएका हुन्। उनले एमालेले अब कम्युनिष्ट आन्दोलनमा योगदान गर्न नसक्ने पनि जानकारी दिए।

कार्यक्रममा नेपालले भने, ‘हामीले एमालेबाट किन विद्रोह ग¥यौं भनेर भन्नै नपर्ने भयो। चितवनको तामासा नै पर्याप्त छ। त्यहाँ फरक मत राख्ने व्यक्तिमाथि जसरी अपमान भइरहेको छ, त्यो नै पर्याप्त छ।’

उनले अघि भने, ‘जबजको गफ हाँक्ने, कुनै जनवादी अधिकार प्रदान नगर्ने र आदेशको मात्रै पालना गराउने प्रवृत्तिले स्पष्ट पार्छ कि अब एमाले दक्षिणपन्थी बाटोमा गइसकेको छ।’

नेपालले कम्युनिष्ट आन्दोलन जोगाउनका लागि आफूहरु अग्रसर रहेको बताउँदै कम्युनिष्ट आन्दोलनका उपलब्धी जोगाउन चाहनेहरू एकीकृत समाजवादीमा आउन आग्रह गरे।

उनले एमालेको प्रशंसा विदेशी दलालले मात्रै गर्न सक्ने भन्दै राप्रपाको महाधिवेशनमा एमाले नेतृत्वको उच्च प्रशंसा हुनु शोभनीय नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077