Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोटेश्वरबाट साढे ६ लाख नगदसहित ५ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ प्रहरीले कोटेश्वर एरियाबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्ने जुवाडेहरुमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी रहेका छन् ।

उनीमाथि जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077