Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन, ओली र भीम रावलबारे कांग्रेस प्रवक्ता शर्माको कडा टिप्पणी

काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीमा सहिष्णुता नभएको बताएका छन्। ओलीले मञ्चमा उभिएर गालीबाट भाषण शुरु गर्ने र अन्त्य पनि गालीबाटै नै गर्ने शर्माको टिप्पणी छ।

‘उहाँको डिक्सनेरीमा सहिष्णुता भन्ने शब्द छैन । उहाँ मञ्चमा भाषण गर्न उभिएपछि सुरु गालीबाट गर्नुहुन्छ, र अन्त्य पनि गालीबाटै गर्नुहुन्छ। टेलिभिजन हेर्दै गरेका बाबुआमाले छोराछोरीले सुन्लान् भनेर टेलिभिजन बन्द गर्नुपर्ने अवस्था बनाउनुहुन्छ,’ रामचन्द्र घिमिरेद्वारा लिखित ‘राजनेता शुवर्ण शमशेर’ पुस्तक विमोचन कार्यक्रममा उनले भने।

शर्माले ओलीले पार्टीमा फरक मत राख्नेहरुप्रति ओलीको गरेको व्यवहार पनि उचित नभएको आशय व्यक्त गरे। उनले भने, ‘त्यो कम्युनिष्ट पार्टी, जसको अधिवेशनमा म फरक मत राखेर उभिन्छु भन्न पनि पाइँदैन, यो खालको प्रवृत्ति नेपालको संस्कृतिमा सुहाउँदैन। उत्तर कोरिया बनाउने मनोविज्ञान राख्ने कम्युनिष्ट दर्शनमा सुहाउँछ होला। तर, यो उत्तर कोरिया होइन, यो नेपाल हो।

त्यस्तै उनले दलभित्र प्रश्न गर्ने र प्रतिस्पर्धा गर्ने नेपालको संस्कृति भएको बताए। शर्माले प्रश्न गर्ने र प्रतिस्पर्धा गर्ने दलभित्र र बाहिरकालाई गाली गर्ने ओलीको प्रवृत्ति सुर्धान सुझाव दिएका छन्।

प्रवक्ता शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत १४ औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेर विश्राम लिन सुझाव दिए। उनले अब राजनीतिमा रुपान्तरण आवश्यक रहेको भन्दै विश्वप्रकाश पुस्ताले मुलुकको नेतृत्व गर्दै गर्दा ‘वान टु थ्री फोर’ को सिद्धान्त लागू गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077