Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित दुई युवक पक्राउ

सिरहा । सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका वडा नम्वर ११ बस्ने २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका वडा नम्वर ६ बस्ने २५ वर्षीय मो.समिम अख्तर रहेका छन्।

दुबै जनाको साथबाट प्रहरीले ५० ग्राम सुन र ५४ हजार नेपाली नगद सिरहा प्रहरीले बरामद गरेको हो ।

मंगलबार अपराहन्न सिरहाको लहान नगरपालिका वडा नम्वर ७ स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलिले स.८.प ६०७७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा दुबै जनालाई प्रहरीले सुन र नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

सुन ३ लाख ९१ हजार ८०३ रुपैयाँ बराबरको रहेको प्रवक्ता बुढाथोकिले बताए । दुबै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077