Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अनुमतिविना विदेश भ्रमणमा नजान आफ्ना मन्त्रीहरुलाई पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूले बुधबार उल्लेख गरेका छन्।

‘द एक्सप्रेस ट्रिब्युन’ काअनुसार विश्वव्यापी जलवायु शिखर सम्मेलनको लागि राष्ट्रिय सभा सदस्य (एमएनए) रियाज फट्यानाको ग्लासगो यात्रा र कलहका आरोपहरू मन्त्रीपरिषद् बैठकमा छलफलका लागि आएका विषयहरूमध्ये एक थियो ।

प्रधानमन्त्रीले आँफूले विदेश भ्रमण नगरेको बताउँदै आफ्नो मन्त्रालयका मन्त्रीहरु पनि यस्ता भ्रमणबाट टाढै बस्नु राम्रो हुने बताएका हुन्।

सूचना मन्त्री फवाद चौधरीले मन्त्रीहरूभन्दा पनि एमएनए र सिनेटरहरू विदेश जाने गरेको पनि भनाइप्रति धारणा राख्दै खानले सरकारी एमएनए र सिनेटरसमेत विदेश भ्रमणमा जानका लागि यो उपयुक्त समय नभएको बताएका थिए ।

प्रधानमन्त्री खानले भने, 'सरकारी कामकाज हाम्रो लागि पहिलो प्राथमिकता हुनुपर्छ ।'

द न्युज इन्टरनेसनलका अनुसार कोभिड–१९ को ओमिक्रोन सङ्क्रमणको खतराप्रति चिन्तित पाकिस्तानले विश्वव्यापी खतराको प्रतिरोध गर्न नयाँ खोप योजनाको घोषणा गरेको छ ।

जसअन्तर्गत रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरू, स्वास्थ्यकर्मीहरू र ५० वर्षभन्दा बढी उमेरकाहरूलाई अतिरिक्त खोप दिइने योजना पाकिस्तान सरकारले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077