Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बाजुरामा दुर्लभ दृश्य : ठेलेरै गुडाइयो जहाज (भिडियो)

काठमाडौं । बाजुरा विमानस्थलमा मानिसहरुले जहाजलाई ठेलेरै गुडाइएको छ। टायर पञ्चर भएपछि यात्रुहरुले धकेलेर विमान गुडाएका हुन्।

तारा एयरलाइन्सको जहाज अवतरणका क्रममा पंचर भएको थियो। त्यसलाई रन वेबाट पन्छाउन यात्रुले ठेलेका थिए। हुम्लाको सिमकोटबाट ९ एन–एभिइ जहाज बाजुरा बिमानस्थलमा अवतरण गरेको थियो। जहाज धावनमार्गबाट ट्याक्सी वेमा पुगेपछि पछाडिको टायर पंचर भएको थियो।

बिमानस्थलमा अन्य जहाजका यात्रुहरु उडानका लागि प्रतिक्षारत थिए। तर, तारा एयरको जहाजले अवरोध गरेपछि त्यसलाई यात्रु र सुरक्षाकर्मी मिलेर किनारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077