Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रियल बेटिससँग बार्सिलोना पराजित

एजेन्सी । बार्सिलोनाको म्यानेजरका रुपमा ज्याभीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार स्पेनिस ला लिगामा बार्सा आफ्नो घरेलु मैदानमा नै रियल बेटिससँग पराजित बनेको हो ।

ज्याभीले लिगमा आफ्ना सुरुवाती दुई खेल जितेका थिए भने च्याम्पियन्स लिगमा बेनफिकासँग बराबरी खेलेका थिए । पराजयपछि बार्सिलोना १५ खेलबाट २३ अंकसहित लिगको सातौँ स्थानमा सिमित रहेको छ । यो सिजन टोलीको यो चौथो हार थियो ।

खेल सकिन ११ मिनेट बाँकी छँदा जुआनमीले गरेको एकमात्र गोल निर्णायक बन्यो । यसअघि उनले गरेको अर्को गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । बार्सिलोनाका लागि फिलिपे काउटिन्हो र ओसमान डेम्बेले गोल गर्नबाट चुकेका थिए ।

अब बार्सिलोनाले च्याम्पियन्स लिगमा बायर्न म्युनिखको सामना गर्नेछ । अर्को चरणमा स्थान सुनिश्चित गर्न बार्सालाई अनिवार्य जीतको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077