Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उडिरहेको जहाजभित्रै एक यात्रुकाे मृत्यु, तीन घण्टापछि जहाजलाई पुन: विमानस्थलमै फर्काइयो

एजेन्सी । भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे एयर इण्डियाको जहाज ३ घण्टापछि पुन: नयाँ दिल्ली नै फर्किएकाे छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार उडिरहेको जहाजभित्र रहेका एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे ।

दिल्ली विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र पसेर उक्त व्यक्तिको परीक्षण गरेकाे थियाे ।

सो समूहले तत्कालै ती व्यक्तिलाई मृत घाेषित गरेकाे थियाे ।

समाचारका अनुसार मृत भएका व्यक्ति अमेरिकी नागरिक हुन्। उनलाई सोही जहाजमार्फत पुन: अमेरिका पठाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077