Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनले प्रदान गरेको मानवीय सहायता अफगानिस्तान पुग्यो

एजेन्सी । चीनले प्रदान गरेको करिब ५०० टन खाद्यान्न र लत्ताकपडा सहितका सामग्री अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सीमावर्ती शहर हैरातान आइपुगेको स्थानीय अधिकारीले बताएका छन्।

बिहीबार र शुक्रबार हैरतान बन्दरगाह हुँदै ५ सय टन खाद्यान्न र लत्ताकपडा बोकेका २७ कन्टेनर अफगानिस्तान प्रवेश गरेका थिए । उक्त सामग्री विभिन्न प्रान्तमा पु¥याएर सङ्कटमा रहेका मानिसहरूलाई वितरण गरिने प्रान्तीय भन्सार कार्यालयका अब्दुल मतिन सय्यदले सिन्ह्वालाई बताएका छन्।

यी सामग्रीको आपूर्ति अफगानिस्तानलाई प्रदान गर्न लागिएको १,००० टन खाद्यान्न र लत्ताकपडा सहायताको एक हिस्सा मात्र हो र बाँकी छिट्टै सोही बन्दरगाहबाट आउने अपेक्षा गरिएको छ, स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077