Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस प्रदेश १: शेखर र सुजाता आफैंले उठाएर यसरी लडाईदिए गुरुराजलाई

    कांग्रेस प्रदेश १: शेखर र सुजाता आफैंले उठाएर यसरी लडाईदिए गुरुराजलाई

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.3K
    SHARES

    विराटनगर । नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा संस्थानइतर पक्षका चार नेताहरुले मतदान गरेनन् ।

    काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेका हुन् । जसका कारण संस्थापन इतर पक्षका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे पराजित हुन पुगे ।



    आफू पक्षीय चार नेताले मत नहालिँदा ८४२ मत पाएका घिमिरेलाई २ मत अपुग भयो । निर्वाचनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा बाजी मारे ।



    घिमिरेको पराजयसँगै सामाजिक संजालहरुमा ठूलो बहस भइरहेको छ। कतिपयले भने कोइरालाद्वय शेखर र सुजाताले नै घिमिरेलाई सभापतिमा उम्मेदवारी दिन लगाएको बताएका छन्।

    कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ । तर काँग्रेस निर्वाचन समितिले मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न नरोक्न बताएको थियो ।

    काँग्रेसको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेशमा चुनाव लडेकाले मात्र केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार