Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, मुक्कामुक्कीमा अध्यक्षको दुईवटा दाँतै भाँचियो

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको हो ।

मुक्कामुक्कीका क्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको बताइएको छ। मंगलबार दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेको वेला उनीहरुबीच विवाद भएको हो ।

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै वेला नजिक आएर अपशब्द प्रयोग गरेपछि कुटेको बताएकी छिन् । उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् ।

‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरेँ र सोही क्रममा मैले कुर्सी पनि उठाएँ’ उनले भनिन, ‘गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै नराम्रो व्यबहार गरेपछि आफ्नो इज्जत जोगाउन मैले प्रतिवाद गरे ।’

उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवका अनुसार किसानका लागि कृषि कार्यालयबाट गाउँपालिकाको बजेटले किनेर ल्याएको ५ सय बोरा बिउ वितरण गर्न बैठक बोलाइएको थियो।

बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्रै बिउ वितरण गर्ने बताएका थिए। तर उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीले वितरण गर्नुपर्ने अडान लिएपछि सुरु विवाद गालीगलौज हुँदै कुटपिटमा परिणत भएको हो।

कुटपिटबाट घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानीयवासीले जानकारी दिएका छन्। बैठकमा विवाद हुँदा उनीहरुले एक अर्कामाथि कुर्सीले आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077