Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म्यानचेस्टर सिटी लेइपजिगसँग हार्‍यो

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटी हारेको छ। सिटी जर्मन क्लब आरबी लेइपजिगसँग उसकै मैदानमा २–१ को हार बेहोरेको हो।

सिटी यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। लेइपजिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे। सिटीका रियाद महारेजले एक गोल फर्काए।

रेडबुल एरिना लेइपजिगमा मंगलबार राति भएको खेलको २४औं मिनेटमा डोमिनिक सोबोस्लाईको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। उनले कोनरड लेइमेरको पासमा गोल गरेका थिए। ७१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे।

७६औं मिनेटमा रियाद महारेजले ओलेक्सन्डर जिन्चेन्कोको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए। तर, ८२औं मिनेटमा केल वाल्कर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी खेलमा फर्कन सकेन।

यो हारको बावजुत सिटी समूह ‘ए’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो। सिटीलाई हराएको लेइपजिग ७ अंक जोडेर तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य ग¥यो।

यही समूहको अर्काे खेलमा पिएसजीले क्लब ब्रुगमाथि ४–१ को सानदार जित निकालेको छ। पिएसजीको जितमा लियोनेल मेस्सी र केलियन एमबाप्पेले समान दुई गोल गरे। क्लब ब्रुगका माट्स रिट्सले एक गोल फर्काए। यो जितपछि पिएसजी ११ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077