Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसी र एमबाप्पेले पिएसजीलाई जिताए

एजेन्सी । च्याम्पियन्स लिगको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ। पिएसजीले क्लब ब्रुगलाई ४–२ गोलले हराएको हो।

पिएसजीको जितमा लियोनेल मेसी र किलीयन एमबाप्पेले २–२ गोल गरे। ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो। नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले बचाएपनि रिबाउन्डलाई एमबाप्पेले गोलमा परिणत गरेका थिए।

त्यसको ५ मिनेटपछि नै एमबाप्पेले घरेलु टोली पिएसजीको अग्रता दोब्बर पारे। एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट खेलेको चलाखीपूर्ण पासलाई एमबाप्पेले भलीमार्फत गोल गरेका थिए। खेलको ३७ औं मिनेटमा लिओनेल मेसीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए।

दोस्रो हाफको ६७ औं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले एक गोल फर्काए। तर ७६ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो। मेसीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गरे।

जितपछि पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। यस समूहबाट म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077