Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सँगै खेलेका एमबाप्पेले मेसीको कीर्तिमान तोडे

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा किलियन एमबाप्पेले लियोनल मेसीको कीर्तिमान तोडेका छन्।

क्लब ब्रगलाई हराउने क्रममा गोल गर्दै एमबाप्पे च्याम्यिन्स लिगमा ३० गोल पुरा गर्ने कान्छा खेलाडी बने।

खेलको सात मिनेटभित्र नै एम्बाप्पेले पेरिस सेन्ट जर्मेनलाई दुई गोलको अग्रता दिलाएका थिए। एम्बाप्पेको प्रतियोगितामा ३१ गोल पुगेको छ। उनलाई ३० गोल पुरा गर्न २२ वर्ष र ३५२ दिन लागेको थियो। मेसीलाई यही कोशेढुंगा पार गर्न २३ वर्ष र १३१ दिन लागेको थियो।

उक्त खेल पिएसजीले ४–१ गोलले जितेको थियो। पिएजसीका लागि मेसीले २ गोल गरेका थिए। समूहको विजेताका रुपमा म्यानचेस्टर र उपविजेताका रुपमा पिएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077