Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२० वर्षपछि बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हारेको बार्सिलोना समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।

सो समूहमा अतिम खेलमा बार्सिलोना हार्दा अर्काे खेलमा बेन्फिकाले जित निकालेको थियो। बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो।

यसअघि सन् २०००–०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो। जाभी हर्नान्डेज च्याम्पियन्स लिगबाट बाहिरिने बार्सिलोनाको खेलाडी र प्रशिक्षक बनेका छन्। २०००–०१ म जाभी बार्सिलोनाको युवा खेलाडी र यसपटक टोलीको मुख्य प्रशिक्षक रहेका थिए।

बार्यनको जितमा थोमस मुलार, लेरोय साने र जमल मुसियलाले गोल गरे। पहिलो हाफको ३४ औं मिनेटमा मुलार पहिलो गोल गर्दा ४३ औं मिनेटमा सानेले अग्रता दोब्बर बनाए। ६२ औं मिनेटमा जमालले बायर्नको जित पक्का गरे। यस समूहबाट बायर्न विजेताकाक रुपमा र बेन्फिका उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077