Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसमा देउवाको विकल्प खोजेका छौं, हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ: मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टी नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै नेता रिजालले पार्टीमा देउवाको विकल्प आवश्यक रहेको भन्दै यसका लागि आफूहरू क्रियाशील रहेको बताए ।

‘कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छौँ,' डा रिजालले भने, 'उहाँको विकल्प चाहिन्छ भन्नेमा छौँ।'

यस्तै, संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवारबारे पत्रकारहरुको प्रश्नमा उनले सहमतिमै सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरे ।

‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ,’ रिजालेले भने, ‘हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ।’

संस्थापनइतरमा सभापतिको आकांक्षीमा नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला रहेका छन्। यद्यपि कोइरालाद्वयले साझा उम्मेदवारका लागि पौडेललाई समर्थन गर्ने संकेत गरेका छन् तर, सिंहले आफ्नो दाबी छाडेका छैनन्।

महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077