Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चोलेन्द्रविरुद्धको आन्दोलनबारे एमालेले भन्यो- न्यायाधीशहरुको दुई गुटबीचको झगडा हो

काठमाडौं । नेकपा एमालेले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई न्यायाधीशहरुको दुई गुटबीचको झगडाको संज्ञा दिएको छ।

बिहीबार दिउँसो आयोजित एक पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय सर्वोच्चमा भइरहेको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिएका हुन् ।

‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला,’ ज्ञवालीले भने।

गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च बार र बरिष्ठ कानुन न्यायाधीशहरुले सर्वोच्चमा दिनहुँ प्रदर्शन गर्दै आएका छन् । यसबिचमा उनीहरुले जबरालाई महाअभियोग लगाएर हटाउन सहयोग माग्दै विभिन्न राजनीतिक दलहरुका शीर्ष नेतहरुलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन्।

जबरामाथि कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका दर्जनौं आरोप रहेको बारको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077