दाङ । जिल्ला प्रहरी कार्यालय दाङले झन्डै दुई लाख नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरू घोराही-१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् ।
३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेकाे दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका-४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका-३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् । ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामद भएको प्रहरीले जानकरी दिएको छ ।