Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महाधिवेशनको बन्दसत्र आजै हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ ।

राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए ।

बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077