Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनलाई रोक्न अब अमेरिकालाई किन हुन्छ मुश्किल ? कारणहरु जान्नुहोस्

    चीनलाई रोक्न अब अमेरिकालाई किन हुन्छ मुश्किल ? कारणहरु जान्नुहोस्

    अनलाइन नेपाल
  • आइतबार, २६ मंसिर २०७८
  • 1.3K
    SHARES

    सन् २००१ मा दुई यस्ता घटनाहरु भए विश्वलाई हल्लाएको थियो। एकातिर ९–११ आक्रमणको प्रतिक्रियामा विश्व तल्लीन थियो । अर्कोतर्फ, त्यसको तीन महिनापछि डिसेम्बर ११ मा विश्व व्यापार संगठन (डब्लुटीओ) एक यस्तो घटनामा केन्द्रित थियो जसको असर २१ औं शताब्दीमा सम्पूर्ण विश्वमा हुनेवाला थियो।

    यसका बावजुद, धेरै कमलाई मात्र थाहा छ कि यस्तो केहि भयो। मिति थाहा पाउनु धेरै टाढाको कुरा हो। डब्ल्यूटीओमा चीनको प्रवेशले अमेरिका, युरोप र एसियाका अधिकांश देशको खेल नै बदलिदिएको छ । यति मात्र होइन तेल र धातुजस्ता बहुमूल्य स्रोतहरू भएका हरेक देशका लागि चीजहरू परिवर्तन भए।



    यो घटनाको आर्थिक र भूराजनीतिक महत्व धेरै थियो तर आम जनताले त्यता ध्यान दिएनन् । यो असन्तुलन विश्वले देखेको विश्वव्यापी वित्तीय मन्दीको जड थियो। चीनमा उत्पादन कार्य हस्तान्तरणमा जी–७ देशहरूमा घरेलु असन्तुष्टिले पनि राजनीतिक क्षति पु¥यायो।



    अमेरिकी आशा असफल भयो

    पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन जस्ता नेताहरूले लोकतन्त्रको सबैभन्दा मूर्त मूल्यहरू मध्ये एक “आर्थिक स्वतन्त्रता’’ लाई चीनमा पठाउँदा विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशलाई राजनीतिक स्वतन्त्रताको बाटोमा लैजाने विश्वास व्यक्त गरेका थिए।

    क्लिन्टनले भनेका थिए, “जब मानिसहरूसँग सपना देख्ने मात्र होइन, सपना पूरा गर्ने पनि स्वतन्त्रता हुन्छ, तब उनीहरु चाहन्छन् कि आफ्नो कुरा पनि सुनियोस्।’’

    तर यो नीति असफल भयो । चीन आफ्नो वर्तमान स्थितिमा द्रुत गतिमा अघि बढ्न शुरु गर्यो। चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने पक्का छ ।

    चीनलाई डब्ल्यूटीओमा समावेश गर्ने निर्णयमा भूमिका खेल्ने अमेरिकी व्यापार प्रतिनिधि चार्लेन बारसेफस्कीले हालै वाशिंगटन इन्टरनेशनल ट्रेड एसोसिएसन प्यानललाई भनेका छन्, ‘चीनको आर्थिक मोडेलले पश्चिमी विचारलाई केही हदसम्म अस्वीकार गर्छ। यसको आर्थिक मोडेलले चीनको आविष्कार क्षमता बलियो भएको छ भन्न खोजेको होइन। यसको अर्थ के हो भने पश्चिमा राष्ट्रहरूले असंगत ठानेको प्रणाली वास्तवमा असंगत प्रणाली थिएन।’

    चीनको चौतर्फी प्रगति

    सन् २००० भन्दा पहिले चीन विभिन्न प्लास्टिक वस्तुहरू र सस्तो वस्तुहरूको प्रमुख उत्पादकको रूपमा चिनिन्थ्यो। यी चीजहरू आवश्यक थिए। तर न यी संसार बदलिरहेका थिए न त तपाई यसबाट संसारलाई हराउन सक्नुहुन्थ्यो।

    विश्व व्यापारको सूचीमा चीनको उदयले ठूलो विश्वव्यापी परिवर्तन ल्याएको छ। काम गर्न इच्छुक चिनियाँ जनसङ्ख्या र सुपर हाई टेक फ्याक्ट्रीहरू, चिनियाँ सरकार र पश्चिमी बहुराष्ट्रिय कम्पनीहरूबीचको विशेष सम्बन्धले यस्तो शक्तिशाली गठबन्धन सिर्जना ग¥यो कि विश्वको मुहार नै परिवर्तन भयो।

    चीन बिस्तारै विश्वका ठूला कम्पनीहरूको आपूर्ति श्रृंखलाको हिस्सा बन्यो। चीनसँग सस्तो मजदुरहरूको सेना थियो जसले पश्चिमको उच्च जीवनस्तरको लागि आवश्यक सबै चीजहरू उत्पादन गरिरहेको थियो। अर्थशास्त्रीहरूले यसलाई आपूर्ति झटका भन्छन्, र यसको प्रभाव निस्सन्देह अचम्मित बनाउने खालको छ। त्यसको प्रभाव आज पनि विश्वभर देखिएको छ ।

    विश्व अर्थतन्त्रमा चीनको समावेशीकरणले ठूलो जनसङ्ख्यालाई गरिबीबाट बाहिर निकाल्नेलगायत धेरै ठूलो आर्थिक उपलब्धि हासिल गरेको छ। चीन विश्व व्यापार संगठनमा सामेल हुनुअघि देशको ५० करोड जनसंख्या गरिबीको रेखामुनि थियो। आजको कुरा गर्ने हो भने यो शून्यमा झरेको छ। किनकि यस दौरान देशको अर्थतन्त्र १२ गुणाले बढेको छ। चीनको विदेशी मुद्रा सञ्चिति १६ गुणा बढेर २.३ ट्रिलियन डलर पुगेको छ।

    सन् २००० मा चीन उत्पादन आयातमा विश्वमा सातौं नम्बरमा थियो तर छिट्टै नै पहिलो नम्बरमा पुग्यो । चीनको आर्थिक बृद्धिदर हाल वार्षिक ८ प्रतिशत रहेको भए पनि एक पटक १४ प्रतिशतमा पुगेको थियो भने गत वर्ष १५ प्रतिशतमा रोकिएको थियो ।

    कन्टेनर जहाजहरू विश्वव्यापी व्यापारको मेरुदण्ड हुन्। विश्व व्यापार संगठनमा आबद्ध भएपछि चीन आउने जाने कन्टेनरको संख्या ४ करोड बाट ८ करोड पुगेको छ । जबकि सन् २०११ मा चीन विश्व व्यापार संगठनमा आबद्ध भएको एक दशकपछि चीनबाट आउने कन्टेनरको संख्या तीन गुणा बढेर १२ करोड ९० लाख नाघेको थियो ।

    गत वर्ष यो संख्या २४.५ करोड थियो । चीन पुगेका आधा कन्टेनर खाली भए पनि चीनबाट बाहिरिने सबै कन्टेनर सामानले भरिएका थिए ।

    बनावटी रुपमा आयो परिवर्तन

    चीनको राजमार्ग सञ्जाल पनि तीव्र गतिमा बढेको छ। सन् १९९७ मा चीनमा ४७०० किलोमिटर लामो राजमार्ग थिए, जुन २०२० मा बढेर १ लाख ६१ हजार किलोमिटर पुगेको छ। चीनसँग अहिले संसारको सबैभन्दा लामो राजमार्ग नेटवर्क छ। चीनमा दुई लाखभन्दा बढी जनसङ्ख्या भएका ९९ प्रतिशत सहरहरू अहिले राजमार्गले जोडिएका छन् ।

    यस उन्नत पूर्वाधारसँगै चीनलाई उत्पादन बढाउन धातु, इन्धन र खनिजको पनि आवश्यकता छ। चीनको द्रुत गतिमा बढ्दो अटोमोबाइल र विद्युतीय उपकरण उद्योगका लागि स्टील आवश्यक छ। २००५ मा, चीन पहिलो स्टिल निर्यातकर्ता भयो र अहिले चीन विश्वको सबैभन्दा ठूलो स्टिल निर्यातकर्ता हो।

    सन् १९९० को दशकमा चीनले वार्षिक १० करोड टन स्टिल उत्पादन ग¥यो। विश्व व्यापार संगठनको सदस्य बनेपछि सन् २०१२ मा चीनले ७० करोड टन स्टिल उत्पादन गरेको थियो भने सन् २०२० मा चीनले १० करोड टन स्टिल उत्पादन गरेको थियो ।

    हाल विश्वमा उत्पादन हुने स्टील उत्पादनको ५७ प्रतिशत चीनले उत्पादन गरिरहेको छ र अहिले सन् २००१ मा विश्वले उत्पादन गरेको जति स्टिल चीन एक्लैले उत्पादन गरिरहेको छ । चीनले सिरेमिक टाइल्स र उद्योगमा प्रयोग हुने अन्य धेरै उत्पादनहरूमा पनि त्यस्तै गरेको छ।

    चीन इलेक्ट्रोनिक्स, कपडा, खेलौना र फर्निचरको आपूर्तिको विश्वको प्रमुख स्रोत पनि हो। चीनले विश्वभरका उत्पादकहरूलाई मूल्य घटाउन बाध्य पारेको छ।

    अर्थशास्त्रीहरूले चीन डब्लुटीओमा सामेल भएपछि उत्पादनको मूल्यमा आश्चर्यजनक गिरावट आएको बताए। सन् २००० र २००५ को बीचमा चीनको कपडाको निर्यात दोब्बर भयो र यस अवधिमा विश्वव्यापी व्यापारमा चीनको हिस्सा पाँचौं बाट तेस्रोमा पुग्यो।

    २००५ पछि कपडा क्षेत्रमा उत्पादन कोटा हटाइयो र चीनको हिस्सा अझ बढ्यो। तर, बंगलादेश र भियतनाम जस्ता विकासोन्मुख मुलुकमा उत्पादन महँगो हुँदा चीनमा उत्पादन बढ्न थालेपछि गत वर्ष चीनको हिस्सा ३२ प्रतिशत पुगेको थियो ।

    ‘चीनलाई समावेश गर्नु गल्ती थिएन’

    चीन डब्ल्यूटीमा सामेल हुनुको जिम्मेवार रहेका मन्त्री लोगं योंग्टूले बितेको २ दशकलाई ध्यानमा राख्दै यो स्वीकार गरे, ‘म यो मान्दिन कि चीनलाई सामेल गर्नु ऐतिहासिक गल्ती हो। तर यो मान्छु कि यसको फाइदा तलमाथि छ। जब चीन अगाढि बढिरहेको थियो उसलाई विश्वको ठूलाृ बजारको साथ मिल्यो।’

    चीनले विश्व व्यापार संगठन भित्र महत्वपूर्ण सफलता हासिल गरेको छ। अहिले बाइडेन प्रशासन अघिल्लो प्रशासनको अवरोधकारी नीतिहरू परिवर्तन गर्न कुनै हतारमा छैन।

    चीनलाई पश्चिमाहरूको कार्यशालाको रूपमा हेरिएको थियो, तर चीनले आफ्नो डब्ल्यूटीओ सदस्यता प्रयोग गरेर धेरै हासिल गरेको छ।

    उदाहरणका लागि, चीनले नेट शून्य जलवायु परिवर्तन उत्पादन गर्न आवश्यक दुर्लभ पृथ्वी सामग्री (प्राकृतिक स्रोतहरू जुन सजिलै उपलब्ध छैन) उपलब्ध गराउने गठबन्धनहरू बनाएको छ।

    चीनले आफ्नो उद्योग संसारभर फैलाएको छ र चिनियाँ सरकार यसको पछाडि उभिएको छ। अमेरिकाले चीनलाई कूटनीतिक र आर्थिक रूपमा रोक्न खोजिरहेको छ र त्यसका लागि एसिया र युरोपमा गठबन्धन बनाएको छ ।

    पूर्व अमेरिकी व्यापार प्रतिनिधि बारसेफस्कीले भने, “चीनले केही समयदेखि एकदमै फरक बाटो पछ्याउँदै आएको छ। यसको अर्थ के हो? राष्ट्र–केन्द्रित आर्थिक मोडेलको सुदृढीकरण। यसमा तोकिएका उद्योगहरूलाई भारी अनुदान दिइन्छ। चीन एक महाशक्तिको रूपमा उदाइरहेको छ र यो नयाँ युगको नेता बनिरहेको छ, जसलाई चौथो औद्योगिक क्रान्ति भनिन्छ। यहाँ ह्यान्डल गर्न धेरै छ। डब्ल्यूटीओले यति धेरै ह्यान्डल गर्न सक्दैन।’’

    अब २० वर्षपछि यस्तो निर्णयले संसार बदलेको छ, जसलाई खासै ध्यान दिइएन । यो चीनको लागि ठूलो सफलता साबित भएको छ। पश्चिमी देशहरूको भूराजनीतिक रणनीति असफल भएको छ। आर्थिक दृष्टिकोणले हेर्ने हो भने यो निर्णयका कारण पश्चिमी देशहरू चीनजस्तै बन्दै गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार