Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्लाहीबाट १६८ किलो बेवारिसे गाँजा बरामद

सर्लाही । सर्लाहीको मंलगवा नगरपालिका वडा नम्वर ८ शान्ति टोलबाट सशस्त्र प्रहरीले सोमबार १६८ किलो प्रतिवन्धित लागूऔषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले बेवारिसे अवस्थमा ६ वटा पोकामा रहेको लुकाएर राखिएको अवस्थामा मंलगवा नगरपालिका वडा नम्वर ८ शान्ति टोलबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता कृष्ण गिरीले जानकारी दिए ।

६ वटा पोका बनाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको उक्त गाँजा बरामद गरिएको उनले बताए ।

ठूलो मात्रामा बरामद गरिएको गाँजाको तस्कर गर्ने गिरोह पनि ठूलै हुन सकिने भएकोले यस सम्बन्धमा थप अनुसन्धान कार्य तीब्र पारिएको प्रवक्ता गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077