Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भोट नहालेका पौडेलले प्रतिनिधिहरुलाई चिया पिलाउने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापन कार्यक्रमको आयोजना गरेका छन्। कांग्रेसको नेतृत्व चयनमा सहभागी नभएका उनले महाधिवेशन प्रतिनिधिरुलाई चिया खुवाउन लागेका हुन्।

सोमबारदेखि सुरु मतदान प्रक्रिया टुंगिएपछि पौडेलले मंगलबार बिहान ९ बजेका लागि लैनचौर बान्क्वेटमा चियापान कार्यक्रम आयोजना गरेका हुन्। कांग्रेसको संस्थापन इतर समूहमा सहमति नभएपछि सभापतिको दौडबाट बाहिरिएर घरमै बसेका उनी कुनै समूहमा खुलेका छैनन्।

सोमबार भएको मतदानमा उनी सहभागी भएनन्। पौडेलले सभापतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन हुने बताए पनि खुलेर समर्थन गरेका छैनन्। यसअघि सभापतिका दाबेदार शेरबहादुर देउवालाई उनको समर्थन रहेको रहको दाबी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077