Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस निर्वाचन : मतदानको समय लम्बियो, हजार मत खस्न बाँकी

ठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान जारी छ। निर्वाचनमा अब १ हजार मत खस्न बाँकी रहेको बताइएको छ।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार ३ हजार ६ सयभन्दा बढी मत खसिकेको छ। ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेको निर्वाचमा ४ हजार ६ सय मत खस्ने अनुमान छ। निर्वाचन समितिले मतदानका लागि ९ बजेसम्मको समय तोकेको समय फेरि बढाईएको छ।

९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077