Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्याम्पियन्स लिगको नयाँ ड्र : पिएसजी र रियल मड्रिड भिड्ने, कुन टोलीको प्रतिस्पर्धी कुन ?

एजेन्सी । च्याम्पियन्स लिगको नयाँ ड्र सार्वजनिक भएको छ। यसअघि आजै भएको अघिल्लो ड्र प्राविधिक समस्या भएको भन्दै रद्ध गरिएको थियो।

अन्तिम १६ को नयाँ ड्रमा १३ पटकको विजेता रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएको छ। यसअघिको ड्रमा पीएसजीविरुद्ध म्यानचेस्टर युनाइटेड खेल्नुपर्ने थियो।

साबिक विजेता चेल्सीले फ्रेन्च च्याम्पियन लिलको सामना गर्नेछ भने प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिजबनको सामना गर्नेछ। ६ पटकको विजेता लिभरपुलले तीनपटकको विजेता इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। म्यान्चेस्टर युनाइटेडको भिडन्त स्पेनिस च्याम्पियन एथ्लेटिको म्याड्रिडसँग हुनेछ।

अन्तिम १६ को पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरीमा हुनेछ। दोस्रो लेग ८,९, १५ र १६ मार्चमा हुनेछ। यस सिजनदेखि अवे गोलको नियम हटाइएको छ। फाइनल २८ मेमा रुसमा खेलिनेछ ।

यस्तो छ ड्र

रेडबुल साल्जबर्गविरुद्ध बायर्न म्युनिख

स्पोर्टिङ लिजबनविरुद्ध म्यानचेस्टर सिटी

बेनफिकाविरुद्ध आयाक्स

एथ्लेटिको म्याड्रिडविरुद्ध म्यानचेस्टर युनाइटेड

भिल्लेरियालविरुद्ध युभेन्टस

इन्टर मिलानविरुद्ध लिभरपुल

पीएसजीविरुद्ध रियल म्याड्रिड

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077