Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘सर्वसम्मति सर्वोत्तम’ लेख्दै विश्वप्रकाशले भने–मेरो समर्थन देउवालाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सहयोग गर्ने बताएका छन्।

प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने जनाएलगत्तै नेता शर्माले पनि सभापतिका प्रत्यासी देउवालाई सहयोग गर्ने प्रष्ट पारेका हुन्। मंगलबार बिहान एक ट्वीट सन्देशमार्फत् उनले भनेका छन्–‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो ।सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

कांग्रेसको नयाँ नेतृत्वय चयनका लागि भएको निर्वाचनमा सभापतिमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन् भने शेखर कोइरालाले १७ सय २९ मत प्राप्त गरे। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २४९, कल्याण गुरुङले २० मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। सोहीअनुरुप अब देउवा र डा। शेखर कोइरालाबीच सभापति पदका लागि पुनस् निर्वाचन हुनेछ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका थिए। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077