Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

शशांकले पनि गरे देउवालाई समर्थन !

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । सभापतिका प्रत्यासी शेरबहादुर देउवासँगको भेटमा कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको जनाउँदै कसैको पक्ष/विपक्षमा नलाग्ने बताएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले आफूलाई सभापति जिताउनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । देउवालाई जवाफ दिँदै शशांकले भने–‘म पार्टी एकताको पक्षमा छु । कसैको पक्ष/विपक्षमा लाग्दिन ।’

उनको यो भनाईले कोइराला परिवार भित्र भित्रै भुसको आगो सल्केको प्रष्ट देखिन्छ । आफ्नै परिवारभित्रका दाई शेखरलाई समर्थन गर्छु भन्न नसक्नु देउवातिर ढल्केको प्रष्ट हुने कांग्रेसी नेताहरुकै दावी छ ।

१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077