Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सातै प्रदेशमा आज बजेट सार्वजनिक हुँदै, कुन प्रदेशले कति बजे ल्याउँदै छन् ?

सातै प्रदेशमा आज बजेट सार्वजनिक हुँदै, कुन प्रदेशले कति बजे ल्याउँदै छन् ?

सोमवार , आषाढ १, २०८३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेश सरकारले आज एकैदिन वार्षिक बजेट सार्वजनिक गर्दै छन् ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधान अनुरूप प्रदेश सरकारहरूले आफ्नो आय–व्यय विवरण प्रदेश सभामा प्रस्तुत गर्न लागेका हुन् ।

यसअघि सबै प्रदेशमा नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुतिको औपचारिक बाटो खुलेको हो ।

निर्धारित कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेश सरकारले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। त्यसपछि कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्नेछ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ–आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्। अन्तिम चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट ल्याउने भएका छन्।

प्रदेश सरकारहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077