Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीले देशलाई अस्थिरतातिर धकेल्न खोजे : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्दै पौडेलले संसद अवरोध गरेर ओलीले अस्थिरतातिर धकेलेको आरोप लगाएका हुन्।

‘६ महिनाको समयमा दुई–दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पु¥याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्,’ पौडेलले भनेका छन्।

नेता पौडेलले सरकारले पनि संसद् सञ्चालन गरेर देशलाई लोकतान्त्रिक गति दिने ठोस प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु। देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो। समावेशी संसदीय प्रणाली नै सिद्धयाउन खोजिएको देखिन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077