Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • समाचारप्रति अन्जन भट्टको आपत्ति

    समाचारप्रति अन्जन भट्टको आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र ज्वालामुखि गाउँपालिका धादिङका उपाध्यक्ष अन्जन भट्टले मंसिर २५ गते अनलाइन नेपालमा ‘प्रचण्डको भान्जी ज्वाई हुदैछु भनेर म्यानपावर दलालले पड्काए माओवादीको पालिकाको उपाध्यक्ष पद !’ शिर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

    अनलाइन नेपालको इमेलमा उनले उक्त समाचार झुटो भन्दै खण्डन पठाएर प्रकाशित गरिदिन आग्रह गरेका छन् ।



    उनले पठाएको खण्डनमा भनिएको छ–‘उक्त समाचार सरसर कपोलकल्पीत भएको अनुरोध गर्दछु । सो समाचार पत्रकारिताको मुल्य, मान्यता र आचारसहिंता बिपरित भएको मेरो ठहर छ । उक्त समाचारले ब्यक्तीको नैसर्गिह अधिकारको हनन मात्र गरेको छैन कि संबिधानले प्रदान गरेको स्वतन्त्रता समेत हनन गरेको छ । ब्याक्तिगत र पारिवारिक सम्बन्ध, सामाजिक मानसम्मान तथा आचरणमा समेत धावा बोलेको अनुभुती गरेको छु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार