Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुजाताले भनिन्, ‘विजयी महसुस गरेको छु’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा हारे पनि विजयी भएको महसुस गरेको बताएकी छिन्।

उपसभापति पदको मतगणना सम्पन्न भइसकेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्।

‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु’, उनले लेखेकी छिन्।

‘मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ,’ उनले थपेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077