Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश २: कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने सरकारको निर्णय

    प्रदेश २: कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1K
    SHARES

    जनकपुरधाम । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयलाई अनुदान दिने निर्णय गरेको छ ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।



    सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्व विद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।



    प्रदेश सरकारले कृषि विश्व विद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन् ।

    अर्थमन्त्री साहले विश्व विद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निर्णय भएको बताए । विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधार विकासको लागि पहिलो चरणमा उक्त अनुदान दिइएको उनले जानकारी दिए ।

    मन्त्रीपरषद्ले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयारी गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ । त्यस्तै बन्द रहेको छोरी बीमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

    त्यस्तै प्रदेश सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार