Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 654
    SHARES

    काठमाडौँ 

    शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।



    सुदूरपश्चिमका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।शनिबार कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार