Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहाको गोलबजार घटना: पीडित र प्रशासनबीच सहमति, अवरुद्ध राजमार्ग खुल्यो

सिरहा । पीडित र प्रशासनबीच सहमति भएपछि पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।

छुरा प्रहार गरी हत्या गरीएको घटनाको विरोधमा सिरहाको गोलबजारमा विहान ८ बजदेखि नै अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग १२: ३० बजे पछि सञ्चालमा आएको हो ।

पीडितलाई क्षतिपूर्तिको पहल गर्ने, घाईतेको निःशुल्क उपचार गर्ने र घटनामा संलग्नलाई पक्राउ गर्ने सहमति प्रशासनले आन्दोलनकारीसँग गरेपछि राजमार्ग खुलेको हो । राजमार्ग खुलेपछि अलपत्र परेका सवारी र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

शनिवार साँझ गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार गरि हत्या गरेको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोसित डोहटियाबासी आन्दोलित बनेका थिए । उनीहरुले टायर बालेर राजमार्ग र बजार अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077