Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । घटनामा अर्का एक जना भाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार छुरा प्रहारबाट घाइते भएका गोलबजार– ६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको हो ।

यस्तै, घटनामा घाइते भएका सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुई समूहबीच झडप भएको र घटनाबारे थप अनुशन्धान भइरहेको जनाएको छ ।

प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको पनि जनाएको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले आइतबार दिउँसो गोलबजारमा राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

प्रहरीका अनुसार अहिले भने राजमार्गको अवरोध हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077