Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोग्नेले जबरजस्ती गरेको छ भन्दै श्रीमतीसँग ब्ल्याकमेलिङ गर्ने महिला पक्राउ

सप्तरी । जिल्ला प्रहरी कार्यलय सप्तरीले जबरजस्ती करणीको मुद्दा लगाएर धम्की दिँदै एक लाख नगद ठगी गरेको आरोपमा एक महिलासहित २ जनालाई पक्राउ गरेको छ ।

सप्तरी प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले पीडित महिलालाई मंसिर ३ गते दिउँसो फोन गरेर तेरो लोग्‍नेले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भने मलाई ४ लाख दिनुपर्छ, नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाईदिन्छु भन्दै पीडितसँग १ लाख रकम लिएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न रहेकामध्ये रुबिनालाई पुस १ गते र रहमानलाई मंसिर २१ गते ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट पक्राउ गरिएको हो ।

उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077