Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामकुमार हत्या प्रकरण: अपराधीलाई पक्राउ नगरेको भन्दै आफन्तद्वारा फेरि राजमार्ग अवरुद्ध

रामनारायण यादव / सिरहा  । रामकुमार हत्या प्रकारणमा प्रशासनविरुद्ध पुनः स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।

छुरा प्रहार गरी हत्या रहेको घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका बासिन्दाले पुनः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका हुन् ।

आइतबार भएको सहमतिअनुसार २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरेकाले आफूहरु पुनः आन्दोलनमा उत्रेको स्थानीहरुको भनाई छ ।

गोलबजार नगरपालिकामा तालाबन्दी

आन्दोलनकारीले मेयरले हत्यारा पक्राउ गर्न पहल नगरेको भन्दै गोलबजार नगरपालिकामा तालाबन्दी गरेका छन् । करिब साढे ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरिएपछि हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

अपराधीलाई अविलम्ब पक्राउ गरी सजायँ दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

शनिबार साँझ गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो ।

रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव पीडित परिवारले बुझन मानिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077