Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पूर्वमन्त्री थानी १ मतले पराजित भएपछि रामचन्द्र पौडलको चर्को आलोचना, आफ्नै खुट्टामा आफैंले बन्चरो हानेको आरोप !

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्य पदमा हृदयराम थानी १ मतले पराजित भएपछि सामाजिक संजालहरुमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडलको चर्को आलोचन भएको छ।

कांग्रेस वरिष्ठ नेता पौडेल पक्षका थानी एक भोटले मात्र पराजित भएपछि पौडेलले निर्वाचन बहिस्कार गर्दा पराजित भएको भन्दै उनी पक्षीय नेता कार्यकर्ताले सामाजिक सञ्जालमा उनको आलोचना गरेका हुन्।

महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मत हालेनन् । उनले मत हालेको भए थानीको जित हुने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा कतिपय थानी समर्थकहरुले पौडेलले आफ्नै खुट्टामा बञ्चरो हानेको समेत आरोप लगाएका छन् ।

मंगलबार राति सकिएको मतगणनाअनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भएका थिए ।

शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरे । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । थानीले भने २१९९ मत पाए । सुर्खेत क्षेत्र नम्बर २ का नेता थानी पूर्व मन्त्रीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077